IME Life
GBIME

यूनियन लाइफको आईपीओ साढे १८ लाखले भरे, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अनित दिन रहेको छ । कम्पनीले कम्पनीले असार २४ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार हिजो साझ ५ः२० बजेसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जना आवेदकबाट २ करोड ९४ लाख ६३ हजार ४९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ५.०७ गुणा बढीको आवेदन परेको हो ।

Crest

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ५८ लाख ५ हजार कित्तामा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी इस्यूआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS