काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७४ दशमलव ७१ प्रतिशतले बढेर २,८९९ दशमलव ८२ प्रतिशतको विन्दुमा कायम भएको छ । आज ४ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज सबै उपसूचक बढेका छन् ।
आइतबार २२५ वटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नविल बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ७५ प्रतिशतका दरले गुमाउका छन् । ओरिएण्डल होटल्सका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।