काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको एफपीओलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ ।
लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले यसअघि ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने जानकारी गराएकोमा बढाएर एक सय रुपैयाँ अंकित दरमा ५१ हजार ३१६ कित्ता निष्काशन गर्ने भएको हो । लघुवित्तको बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ
संस्थाको चैत्र १८ गते सम्पन्न दशौँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र संस्थाले एफपीओ निष्काशन गर्नेछ ।