काठमाडौं । आज नेप्सेमा दुई वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।
सिभिल लघुवित्तको गत चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.५ प्रतिशत बोनश बापत ८१ हजार ८७६ दशमलव ७९५ प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।
एभरेष्ट इन्स्योरेन्सको जेठ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश बापतको ८ लाख ७६ हजार ७४४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
यी दुवै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन ।