काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राही खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन खाताधनीहरुलाई आग्रुह गरेको हो ।
हितग्राही खाताधनीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ ।
मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ । सो अवधिमा नविकरण नगरेमा सो सेवा स्वत बन्द हुने छ ।