काठमाडौं । आज ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै छिमेक लघुवित्तको ४३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । अपर तामाकोशीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ११ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।