काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा समेत प्रतिनिधित्व गर्ने गरि सहायक प्रशासकमा संस्थानकै पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारले श्रेष्ठलाई आगामी तीन वर्षका लागि सहायक प्रशासक पदमा नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने व्यवस्था छ ।
श्रेष्ठ २०७६ फागुनमा ३४ वर्ष सेवा गरेर अवकास भएका थिए । ३४ वर्षे सेवा अवधिको अन्तिम समयमा श्रेष्ठले कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा ऐमाले निकट कर्मचारी संघठनमा सक्रिय राजनीति गरेका श्रेष्ठलाई नेपाल सरकारले अवसकास भएको झण्डै डेढ वर्ष पछि सहायक प्रशासकमा भित्र्याएको हो । पुर्ण रुपमा सरकारी स्वमित्वमा रहेको संस्थान आफ्नै ऐन मार्फत सञ्चालन भैइरहेको छ ।