Connect IPS
IME Life

जीवन विकास लघुवित्तको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने ३ बजे पछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा  चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/en/, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://nmbcl.com.np/shareallotment, https://result.nmbcl.com.np/?fbclid=IwAR0v1AU55_VT9mkPBa_CZf5oisHUTKUP5fxXwKUBxuRPZAzVwP92Me90ki8सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

आज भएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ योग्य आवेदकमध्ये भाग्यमानी एक लाख ८४ हजार ८०१ जनाले शेयर प्राप्त गरेका हुन् । उनिहरुमध्ये ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS