काठमाडौं । आज शेयर बजार ५ अंकले घटेको छ । ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९ रुपैयाँले घटेको छ । अपर तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।
त्यस्तै, नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १२ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १० करोड २० लालख रुपैयाँको शेयर कारोबार भएको छ ।