काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै सानिमा क्यापिटल वा सानिमा बैंक लिमिटेडबाट हितग्राही खाता खोलेका खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
क्यापिटलले आर्थिक वर्ष २०७७र०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आ।व।को वार्षिक संचालन शुल्क वापत एक सय रुपैयाँ रकम बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले असार मसान्तसम्ममा आफुलाई पायक पर्ने नजिकैको सानिमा बैंकको जुनसुकै शाखाबाट नविकरण शुल्क बुझाउन सकिने जनाएको छ । विद्युतीय भुक्तानी माध्यमहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, आइएमई–पे बाट पनि हितग्राही खाताको नविकरण गर्न सकिने क्यापिटलले जनाएको छ ।
तोकिएको समयभित्र हितग्राही खाताधनीहरुले नविकरण शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुने समेत क्यापिटलले जनाएको छ ।