काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ । आइपीओ बाँफाडँको तयारी गरी यसै साता बाँडफाँड गर्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ ।
संस्थाको आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापीटलका अनुसार उक्त आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको छ ।
उपलब्ध तथ्याङको आधारलाई हेर्ने हो भने १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिन्छ भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ ।
संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।