Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७६ /७७ (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसुची माथि छलफल गरी पारित भएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पारित भएको छ ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अमृत बञ्जाडे र सरस्वती गौतम(ज्ञवाली) निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७७ /७८ को यही असार २० गतेसम्म कम्पनीले ६३ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दाबी भुक्रानी २७ करोड १६ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकि दाबी २० करोड रुपैयाँ रहेको छ । कोरो दाबी भुक्तानी १५ करोड ६३ लाख रुपैयाँ भइसकेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीका अध्यक्षले कम्पनीमा पर्न आएकाको दाबी ३० दिनभित्र छिटो छरितो ढङगले बीमितहरुलाई भुक्तानी गर्ने  बताएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS