काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै छ । कम्पनीले लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हकप्रद शेयरमा परेका बोलपत्रहरु आज खोलिने भएको हो ।
कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म ४ लाख ३५ हजार ८९४ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो ।
उक्त शेयरमा परेका बोलपत्र आज सोमबार मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिन लागेको जनाएको छ ।