IME Life
Beema Board

पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीको शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स,मुहली लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त, नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

कम्पनीले आरएमडिसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता,मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८, महुली लघुवित्तको ५५ हजार ७० कित्ता,नेशनल लाईफ इन्स्योरेन्सको २९ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ४४१ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ५३१ रुपैयाँ,महुली लघुवित्तको ७३०रुपैयाँ, नागरिक लगानी कोषको १ हजार २०० रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सको ४१०रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

पाँच वटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS