काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २,८३४ दशमलव ५२ को विन्दुका कायम भएको छ । आज ४१ जटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेको छन् ।
आज २२४ वटा कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।
त्यस्तै, नेपाल टेलिकमको १९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३० रुपैयाँले बढेको छ । अपर तामाकोशीको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको भने कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी डिवेञ्चर इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनकिा लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक २०८५ डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् ।