काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ खुलेको आज दोस्रो दिन ४५ गुणाभन्दा धेरै आवेदन परेको हो । सीडीएससीका अनुसार दोस्रो दिन साँझ ५ बजेसम्म १२ लाख ३१ हजार २११ जना आवेदकले १ करोड ६३ लाख ८९ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन सर्वसाधारणलाई माग गरिएको भन्दा ४५.०९ गुणा बढी हो ।
संस्थाले एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
उक्त आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । आइस्ओि निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।