Connect IPS
IME Life

चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले असार ११ गतेदेखि लिलामीमा ल्याएको ४ कम्पनीको ५ लाख ३० हजार कित्ता शेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैकको १ लाख ७० हजार कित्ता रहेको छ ।

प्रभु बैंकको शेयरको न्यूनतम मूल्य २ सय २५ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ५ सय रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको ६ सय रुपैयाँ र प्राइम कमर्सिलय बैंकको २ सय ५० रुपैयाँ तोकिएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयर खरीद गर्नका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS