काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ दशमलव ५० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय २९ रुपैयाँ कायम भएको छ ।
कम्पनीको हिजो बिहिबारको अन्तिम कारोबार मूल्य १६ सय ५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते हुँदैछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।