काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकलाई असार १५ गते मर्जर तथा प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै संस्थाको असार ५ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने विशेष प्रस्ताव पारित गरेको थियो । अब नेपाल राष्ट्र बैंकले बैंकलाई अन्तिम स्वीकृति दिएसँगै दुवै संस्थालाई एकिकृत कारोबारको लागि बाटो खुला भउको छ ।
नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। नबिलले युनाइटेडलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन ।