काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्विजिशन (प्राप्ति) प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो ।
बैंकले जेठ २७ गते सातौं विशेष साधारण गरी सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ ।