Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तद्धारा देवमायाको परिवारलाई ७ लाख ८० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कोहलपुर शाखा कार्यालयले मृतक सदस्य देवमाया गुरुंगको श्रीमान विमल घलेलाई कर्जा बीमा बापत ७ लाख ८० हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । ग्रामिण कर्जा प्रवाह गर्दा संस्थाले सदस्य देवमायाको कर्जा बीमा गरेको थियो ।

उक्त ग्रामिण कर्जा वितरण तथा शोक सभा कार्यक्रम आयोजना गरेर उक्त रकम हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ । ग्रामिण महिलाहरुलाई वचत परीचालन, कर्जा कारोवार, जनचेतना संगै लघुजिवन विमामा सरीक वनाई आश्रित परिवारलाई मानविय क्षति भएपनी आर्थिक वोझबाट उन्मुक्त गराउन परीवारलाई सहयोग गरिएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

मृतकका पति विमल गुरुंगले विमा क्षतिपूर्ति रकमले वालवच्चाको शिक्षा दिक्षामा सहयोग पुग्ने वताउदै संस्था र समुहका दिदी वहिनीहरुलाई धन्यावाद दिए ।

उक्त कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा विमाको वारेमा जानकारी गराउंदै शाखा प्रमुख टोप बहादुर रास्कोटीले विमा क्षतिपुर्ति रकमले आश्रित परिवार तथा वालवच्चाहरुलाई लालनपालनमा सहयोग पुग्ने बताए । शाखाले २०६१ साल देखी नेपालगञ्ज उपमहानगरपालिका, जानकी, खजूरा गाउंपालिका र वर्दिया जिल्लाको वढैयाताल गाउंपालिकाका १५० टोलहरुमा ३५०० जनालाई सेवादिईरहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १८१  वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा  प्रदान गरिरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा  लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, ब्यवसायीक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पुरयाउंदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS