काठमाडौं । सिभिल बैंकको एटिएम सेवा तीन दिनसम्म अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेको हुँदा ३ दिनसम्म एटिएम सेवा बन्द हुने जनाएको छ ।
बैंकको एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले भोलि असार १६ गते, साँझ ५ बजे देखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने बैंकले जनाएको छ ।
त्यस्तै सो मिति पश्चात पनि एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ । बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ ।
थप जानकारीका लागि नजिकको शाखामा अथवा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।