काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले आईआर बीबी रेटिङ्ग प्राप्त गरेको छ । संस्थाको उक्त आइपीओलाई इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने छ । संस्थाले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।