Connect IPS
IME Life

फोन पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फोन पेले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड पोइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।

फेन पेका अनुसार दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सक्ने छन् । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत  १ लाख जित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्ने जनाएको छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS