Connect IPS
IME Life

कोरोनाबाट मृत्यु भएको परिवारलाई सानिमा लाइफद्धारा १० लाख ३५ हजार दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृतकको परिवारलाई १० लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको निधनपछि उनका छोरा राहुल श्रीवास्तवलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्स कम्पनी वीरगञ्ज शाखाका शाखा प्रमुख नविन रसुल अन्सारीले मृतकको परिवारको घरमै पुगी सो रकम बराबरको चेक हस्तारण गरेका हुन् ।

Prabhu
Crest

सुनिताले सानिमा इन्स्योरेन्स कम्पनीको वीरगञ्ज शाखामा बरिष्ठ एजेन्सी म्यानेजर धनजित गिरी मार्फत २०७७ कार्तिक १ गते १० लाखको बीवन बीमा गराएकी थिइन । उनले बीमा गरेको प्रथम किस्ता वापतको ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन ।

कोरोना संक्रमणले २०७८ बैशाख २३ गते उनको मृत्यु भए पश्चात बीमाङक रकम १० लाख र बोनश ३५ हजार थप गरी कुल १० लाख ३५ हजारको चेक उनको परिवारलाई दिएको कम्पनीले जनाएको छ

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका दाबी विभाग प्रमुख गुणराज श्रेष्ठले भने, “सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दाबी परेको अवस्थामा दाबी रकम आफ्ना बीमितहरुलाई छिटो र छरितो रुपमा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले अझ छिटो र उत्कृष्ट सेवा प्रदान गर्दै जानेछ ।”

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS