काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असार २३ गतेदेखि आरविवि म्युचुअल फन्डको इकाई विक्री खुला गर्ने भएको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई विक्री गर्न लागेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाईको १३५ कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र २५ इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस इकाईमा छिटोमा असार २७ र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।