काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ५३ जना र ३ हजार ३८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।