काठमाडौं । आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २८ रुपैयाँले बढेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ४९ रुपैयाँले शेयर मुल्य बढेको छ । हाइड्रोइलेक्ट्रिसिटिको एण्ड इन्भेष्टमेन्ट कम्पनीको २५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको २० करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।