Connect IPS
IME Life

नबिल इन्भेष्टमेन्टले ल्यायो निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोल्ने सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

Prabhu
Crest

सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ, जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको वेबसाईट .http://www.nabilinvest.com.npमा गई अनलाई डिम्याट भित्र  http://onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको जानकारी गराईन्छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS