सुनिता थापा । बीमा कम्पनी र बीमितको बिचमा पुल को रुपमा काम गर्ने बीमाअभिकर्ता एउटा आदर्श पेशा हो । हरेकको घर घरमा बीमा सम्बन्धी चेतना फैलाउदै हिंड्नुपर्ने अभिकर्ताहरु अहिले घरमा नै बसेर बैकल्पिक माध्यमबाट बीमाको सन्देश प्रबाह गर्नु आफैमा जटिल बनेको छ । ग्राहकको आवश्यक्ता अनुरुपको जोखिमबाट सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्नु बीमाकम्पनीको दायीत्व हो भने उक्त कुरा बीमितसम्म पुराउने जिम्मेवारी अभिकर्ताको हो ।
कोरोनाको कहरको बिचमा बीमा अभिकर्ताले आफुले सोचे जस्तो प्रिमियम कलेक्सन हुन सकेको छैन । बीमितको घर घरमा पुगेर बीमाको बिषयमा बुझाउनु पर्ने बेलामा अभिकर्ताहरु बीमितको घरमा जान समेत सकस मान्नु पर्ने अवस्था छ । अर्को तर्फ बीमितले समेत अभिकर्ता धेरै हिडडुल गर्ने हुनाले न आए हुन्थ्यो जस्तो गर्ने हुनाले सोचे जस्तो व्यवसाय हुन सकिरहेको छैन ।
यस महामारीमा थुप्रै अभिकर्ताहरु ले ज्यान गुमाउनु पर्यो र अझै धेरै अभिकर्ता साथिहरु बिरामी नै हुनुहुन्छ । बीमा व्यवसायको मेरुदन्ड मानिने अभिकर्ताहरु आर्थीक बर्षको अन्त्यमा समेत घर-घर पुग्न नसक्नु वा नमिल्नुले यो क्षेत्रमा नै ठुलो मात्रामा असर पर्ने देखिन्छ । जीवनमा आइपर्ने जोखिम र आर्थिक क्षति बिरुद्धको सुरक्षा प्रदान गर्ने बीमाले बीमित लाई यो महामारीमा जोखिम बहन गरेको छ ।
यस महामारीले बीमितमा समेत स्वत बीमाको अपरिहार्यता महसुस गराएको छ । यस्तो महामारीमा अभिकर्ताले बीमा गराएका बीमितलाई भेटेर उहाँहरुको गाह्रो सार्हो बुझ्दा मात्र पनि अपन्तव महसुस हुन्छ । आज मानिसलाई हौसलाको खाचो परेको बेला अभिकर्ता मल्हम पट्टी बन्न सक्छन् ।
राज्यले समेत बीमालाई अत्याबश्यक सेवा अन्तर्गत राखेको छ । बीमा कम्पनी, बीमा समिती र राज्यले समेत यस महामारीमा अभिकर्तालाई प्राथमिकतामा राखेर कोरोना बिरुद्धको खोप अभियानमा सामेल गर्ने हो भने न बीमितको घरमा पुग्नलाई अभिकर्ताले गार्हो मान्नु पर्ने थियो न अभिकर्ता स्वयम घरबाट निस्किन गार्हो पर्ने थियो ।
(थापा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखको एजेन्सी म्यानेजर हुन्)