काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडलाई साधारण आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित दरका १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । अब बोर्डको अनुमति पाएसँगै तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।
कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।