Connect IPS
IME Life

११ महिनामा १९ जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब २ अर्ब बीमा शुल्क(सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ८४ लाख ६८ हजार १ सय ३५ वटा बीमा पोलिसी जारी गरि १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म ९अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसमममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफको २ अर्ब ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS