Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुको ८० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमै, पूर्वाधार क्षेत्रमा लगानी गर्न सकेनन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमितको ठुलो रकम संगालेर बसेका जीवन बीमा कम्पनीहरुले ८० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेमै थन्काएर राखेका छन् । बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरु सँग तीन खर्ब ४२ अर्ब रुपैयाँ लगानी योग्य रकम रहेको छ । यो रकम चालु आर्थिक वर्षको बजेटको झण्डै एक चौथाइ बराबर हो ।

बीमा समितिले लगानीका लागि बैधानिक रुपमै ढोका खोलिदिए पनि उनिहरु अझै बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा रमाएर बसेका छन् । लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्नो लगानीको न्युनतम पनि ५ प्रतिशत नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र र ४० प्रतिशत बाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्नै पर्ने बाध्यता छ । यस बाहेक बीमा कम्पनीहरुले खुलेर अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

Prabhu
Crest

बीमा समितिले बाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्युनतम पनि ४० प्रतिशत लगानी गर्नै पर्ने भनेता पनि ७१ प्रतिशत यस क्षेत्रमा लगानी गरेको देखिन्छ । उनिहरुले राष्ट्रिय स्तरका बाणिज्य बैंककमा मात्रै २ खर्ब ४५ अर्ब रुपैयाँ लगानी गरेका छन् । तर नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा न्युनतम ५ प्रतिशत लगानी गर्नै पर्ने भनिएता पनि जम्मा ०.६० प्रतिशत मात्रै लगानी भएको छ । यदि दुई क्षेत्रमा सुरक्षित लगानीको रुपमा संरक्षण गरिएको हो ।

केहि समय अगाडि बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा तोकिएको सिमा भित्र रहेर लगानी गर्न निर्देशन दिए पनि जम्मा १.०५ प्रतिशत मात्रै लगानी भएको देखिन्छ । समितिले कृषि पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशतसम्म लगानी गर्न  निर्देशन दिए पनि अहिलेसम्म जम्ममा तीन अर्ब ५९ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण शेयरमा मात्रै १४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा बढिमा १० प्रतिशतसम्म लगानी गर्न पाइन्छ । तर उनिहरुले ४.१४ प्रतिशत लगानी गरेका छन् ।

समितिले घरजग्गामा बढिमा ५ प्रतिशतसम्म लगानी गर्न छुट दिए पनि जम्मा ३६ करोड २४ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । बीमा कम्पनीले ठुला ठुला पूर्वधार तथा आवास परियोजनामा पनि लगानी गर्ने अभ्यास रहेको छ । तर नेपालमा यस्ता क्षेत्रमा बीमा कम्पनीले लगानी गर्न सकेका छैनन् । बीमा कम्पनी बिकासको साझेदार बन्न सक्ने अवस्था रहदा रहदै पनि नेपाल सरकार र कम्पनीहरुको समन्वय नहुँदा अर्बौ रुपैयाँको लगानी योग्य रकम प्रयोग हुन सकेको छैन । बरु बीमा कम्पनीहरुको ठुलो रकम बैंकहरुले निक्षेपको रुपमा लिएर लगानी गरिरहेका छन् ।

बीमा कम्पनीहरुको लगानीको क्षेत्र बढाउन बीमा समितिले समय समयमा लगानी निर्देशिका परिवर्तन पनि गरिरहेको छ । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले आफ्नो सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंक खोल्ने अभ्यास सुरु भएको छ । तर यसले पूर्वाधार क्षेत्रमा लगानी गर्न भने सघाउदैन ।  बीमा कम्पनीहरुलाई सहायका कम्पनी खोल्न दिएर पूर्वाधार क्षेत्रमा लगानी गर्ने बाटो खोलिदिनु पर्छ । अर्को तर्फ पूर्वाधार क्षेत्रमा लगानी गर्न जीवन बीमा कम्पनीहरु एकजुट हुनु पर्छ । कन्सोडियम मार्फत लगानी गर्न उनिहरुले साझा फोरम बनाएर लगानीका ढोकाहरु खोल्न सक्छन् । अहिलेको जीवन बीमक संघले पनि यसका लागि पहल गर्न सक्छ । एउटै पूर्वाधारमा एउटै कम्पनीमा लगानी गर्दा उक्त कम्पनीलाई जोखिम बढ्न सक्छ । तर जीवन बीमा कम्पनीहरु नै एक आपसमा मिलेर लगानी गर्ने हो भने देश र समाजका लागि पनि राम्रो हुन्छ । अर्को तर्फ बीमितले भोलिका दिनमा राम्रो प्रतिफल पाउन सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS