काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले होटल गाँउवेशीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ः३० बजे सभा गर्ने जनाएको छ ।
सभामा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, यस कम्पनी र अन्य कुनै एक वा एकभन्दा बाढी उपयुक्त लघुवित्त एक आपसमा गाभ्नेर गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । त्यसकारणअसार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।