काठमाडौं । आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै पुनर्बीमा कम्पनीनै कारोबार भएको छ । कम्पनीको ५४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६५ रुपैयाँले घटेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४२ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७२ रुपैयाँले बढेर १२ सय ४१ रुपैयाँमा कायम भएको छ । राद्यी विद्युत कम्पनीको ३८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १०८ रुपैयाँले बढेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको ३३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको ३० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।