काठमाडौं । आज नेप्से परिसूचक ५३ दशमलव ८८ अंकले घटेर २,८५९ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीनै कारोबार भएको छ । कम्पनीको ५४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६५ रुपैयाँले घटेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४२ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७२ रुपैयाँले बढेर १२ सय ४१ रुपैयाँमा कायम भएको छ । राद्यी विद्युत कम्पनीको ३८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १०८ रुपैयाँले बढेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको ३३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टको ३० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । नाङदी ग्रुपका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले गुमाएका छन् ।