काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डसँग अनुमति माग गरेको हो ।
कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।