काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढ्दा १७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, नाङी ग्रुप, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, एसबिएल डिबेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले १ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन् ।