काठमाडौं । लाभांश प्रस्ताव गरेको पुनर्बीमा कम्पनीको कारोबार शुरु भएको २ घण्टामा १ अर्ब ८ करोड शेयर कारोबार भएको छ । कारोबार शुरु भएको २ घण्टामा नेप्से परिसूचक ६५ दशमलव ५२ अंकले बढेर २,८९९ दशमलव ९३ को विन्दुमा पुगेको छ । आज २ हजार ८४४ दशमलव ७० विन्दुबाट बजार शुरु भएको थियो ।
कारोबार शुरु भएको २ घण्टामा २१३ वटा कम्पनीको ९८ लाख १३ हजार ९ सय ९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको शेयर लगातार सर्वाधिक कारोबार हुँदै आएको थियो ।
कारोबार शुरु भएको २ घण्टामा पुनर्बीमा कम्पनकिो १ अर्ब ८ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबेलासम्म कम्पनीको शेयर मुल्य ११ रुपैयाँले बढेर १७ सय ६४ रुपैयाँमा कायम भएको छ ।