काठमाडौं । नागरिक लगानी कोषको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयरमूल्य ३ हजार ७४३ रुपैयाँ कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य ४ हजार ८० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले ९ प्रतिशत बोनश शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते २६औं सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।