काठमाडौं । आज नेप्से ७१ दशमलव ०६ अंकले घटेर २,८३४ दशमलव ४० अंकको विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टका लगानीकर्ताले ४ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । एनबिबिएलका इकाइधनीले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।