काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २,९०५ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको शेयर कारोबार भएको छ । कम्पनीको ८० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ३९ रुपैयाँले घटेर १८ सय ७७ रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेर ११ सय १५ रुपैयाँमा कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० रुपैयाँले बढेर ३ सय ८ रुपैयाँ कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।