Connect IPS
IME Life

इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूले लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत् लिमिटेडबिच अपर इङ्गवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।

९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुब र पाँचथर जिल्लाको याबबाराक र सिदिबबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने भएको हो।

Prabhu
Crest

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा बापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ ।

आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS