काठमाडौं । गरिमा विकास बैंक र के.सीएल असट्युट क्यापीटलबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धमा सम्झौता भएको छ । । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।
गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने जनाएको छ ।