काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकले सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी संचालक समितिले नियुक्त गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामाका अध्यक्ष टेक बहादुर बोहराले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हन् ।
त्यस्तै नव नियुक्त संचालक द्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडि बढाउन सहयोग गर्ने बताए ।