काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भूक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीले लाजिम्पाट स्थित आफ्नो भवनमा स्व.सूकूना गूरुङको मृत्यू दावी भुक्तानीको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका अनुसार स्व.गूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँको दोहोरो दूर्घट्ना लाभ सहितको १० वर्षे अमृत श्री जीवन बीमालेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत ५६ लाख ३० हजार स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भुक्तानी गरेको हो ।
उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको कम्पनीले जनाएको छ ।