काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारण सभा आइतबार असार ६ गते हुने भएकोे छ । कम्पनीको जेठ ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सभाको मिति तय भएको हो । सभा केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २४ गते, सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ २३ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । साथै आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।