काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १३ औं वार्षिक साधारण सभा असार २५ गते गर्ने भएको छ । उक्त सभा पर्सा स्थिति आफ्नै केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ । बैंकको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
साधारणसभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेका छन् ।
त्यस्तै सभामा अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार अख्तियारी संचालक समितिलाई दिने एजेण्डाहरु रहेका छन् ।