काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सान्य अंकले घटेको छ । आज नेप्से १ दशमलव ३० अंकले घटेर २,९६८ दशमलव ४२ अंकको विन्दुमा कायम भएको छ । आज ८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् ।