काठमाडौं । आज १० अर्ब ९० करोड ४९ लाख ५८ हजार रुपैयाँको शेयर काराबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ रुपैयाँले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेको छ ।
निफ्राको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ रुपैयाँले घटेको छ । हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।